fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेशमा पीसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड—१९का शंकास्पद ७६ हजार ५२७ नमूनामध्ये ६ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको नमूनाको ८.६१ प्रतिशत हो ।

प्रदेशमा निको हुने (डिस्चार्ज) दर ८६.९३ प्रतिशत छ । आजसम्म कूल संक्रमितमध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण २.९९ प्रतिशत अर्थात् ७६ हजार ५२७ जनाको नमूना परीक्षण गरिसकिएको छ ।

यसै बीच पछिल्लो २४ घण्टामा कैलाली, डडेलधुरा, दार्चुला, बझाङ र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय संक्रमित बिरामी बढ्दै गएका छन् । गएको २४ घण्टामा थप ३२ जनामा सक्रिय संक्रमण देखिदा कूल सक्रिय संक्रमित ८४९ जना पुगेका छन् ।

कैलालीमा सबैभन्दा बढी ४४० जना सक्रिय संक्रमित पुगेका छन् । यस्तै डोटीमा ११९, बैतडी ६७, अछाम ६६, बझाङ ६१, कञ्चनपुर ४५, दार्चुला ३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगायतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीसमेत संक्रमित हुन थालेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९ का शंकास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत विहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हालसम्म कोरोना संक्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई/दुई र अछाममा एक जनासमेत १२ जनाको मृत्यु भएको छ । (रासस)

प्रकाशित समय ०७:४३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु