fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

rastriya parichaya patra- newskarobar

जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम सुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण संकलन गरी सो कामको सुरु गरिएको हो ।

शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । संकलन कार्य सुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताए । संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, ‘अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।’

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम शुरु भएकाले विवरण संकलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरेका छन् । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दश अंकको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् ।

प्रकाशित समय ०९:५४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु