fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कैलालीमा एक सञ्चारकर्मीको झुन्डिएको अवस्थामा शव फेला

कैलालीमा एक सञ्चारकर्मीको झुन्डिएको अवस्थामा शव फेला

कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ वर्षीया निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

‘जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको छ,’ इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सागर बोहराले भने, ‘घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्कविहीन भएकी थिइन् । दुई दिनसम्म पनि सम्पर्कमा नआएपछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए ।  खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जंगलमा फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पहराइ रेडियो कैलालीमा समाचार वाचिकाको रूपमा कार्यरत थिइन् ।

प्रकाशित समय १५:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु