fbpx
corona information

गृहपृष्ठ दुर्लभ वन्यजन्तु सालकसहित ५ जना पक्राउ

दुर्लभ वन्यजन्तु सालकसहित ५ जना पक्राउ

arrest_पक्राउ_news karobar

बुटवल उपमहानरगपालिका- ५, नेपालगञ्ज रोडस्थित ग्राण्डी होटल अगाडिको बाटोबाट १ थान दुर्लभ वन्यजन्तु जिउँदो सालकसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा, सिरहा नगरपालिका- ७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली तिनपाटन गाउँपालिका- ३ बस्ने ३२ वर्षीय लोक बहादुर तामाङ, सोही ठाउँ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ, सर्लाही हरीओम गाउँपालिका- १० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका- १ बस्ने ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त सालकसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु