fbpx
corona information

गृहपृष्ठ चक्कु प्रहार गरी छोराको हत्या

चक्कु प्रहार गरी छोराको हत्या

आफ्नै छोरा ३५ वर्षीय महादेव साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका-६ सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साहलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण लक्ष्मीले छोरालाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका महादेबको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु