fbpx
corona information

गृहपृष्ठ घुम्थाङ पहिरो : मृतकको संख्या ९ पुग्यो

घुम्थाङ पहिरो : मृतकको संख्या ९ पुग्यो

पहिरोले गएको स्थान । (तस्बिर स्रोत : सामाजिक सञ्जाल)

सिन्धुपाल्चोकको बाह्रबिसे- ७, घुम्थाङमा गएराति पहिराे जाँदा पुरिएकामध्ये ९ जनाको शव भेटिएको छ । पहिराेमा पुरिएकामध्ये अझै २२ जना बेपत्ता छन् ।

नागपुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा, विक गाउँका २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय बालक सन्देश विक, ४० वर्षीया सर्किनी नेवारकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीया हीरामाया नेवार र ४२ वर्षीया ज्ञानुमाया प्रधानकाे पनि शव फेला परेकाे छ ।

भारी वर्षासँगै गएको पहिरोले घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरिएका छन् । डीएसपी सापकोटाका अनुसार ११ वटा घरमा क्षति पुगेको छ । बेपत्ताहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरूले खोजी गरिरहेका छन् । पहिरोमा परी घाइते भएका केहीलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा आइतबार बिहान घुम्थाङ पुगेका हुन् ।

घटनाबारे जानकारी लिँदै सभामुख सापकोटा ।

प्रकाशित समय १४:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु