fbpx
corona information

गृहपृष्ठ पाइला-पाइलामा ‘टु लेट’ (तस्बिरहरू)

पाइला-पाइलामा ‘टु लेट’ (तस्बिरहरू)

देशकै राजधानी भएरमात्र होइन, तुलनात्मक हिसाबले अवसरका अनेक विकल्पहरु बढी उपलब्ध हुनुका कारणले पनि काठमाडौं उपत्यका धेरैको गन्तव्य हो । ७७ जिल्लाका हिमाल, पहाड र तराइ सबैतिरबाट मानिसहरु ‘ओइरिने’ नेपालको एकमात्र यस सहरमा जनघनत्व बाक्लो छ । सानोतिनो काम वा रोजगारमुलक व्यवसायका लागि मौका पाउनु यहाँ खासै ठूलो कुरा हैन । सहुलियत भाडादर र उपयुक्त स्थानमा डेरा पाउनु जोकोहीका लागि निकै हम्मे पर्छ । तर अवस्था त्यस्तो रहेन ।

विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड- १९ को संक्रमण भित्रिएपछि काठमाडौंलगायत देशैभर उद्योगधन्दा, व्यापार-व्यवसाय ठप्प प्राय छ । यसको सबैभन्दा बढी प्रभाव काठमाडौंमा परेको छ । उपत्यकामा विभिन्न पेशा-व्यवसाय वा रोजगारी गरेर बसेकाहरु अधिकांश आफ्नै थातथलोतर्फ फर्किए । जसका कारण यहाँका कोठा, सटर र फ्ल्याटहरु खाली भएका छन् । हरेक चोक र टोलका घर र सटरमा ‘टु लेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका भेटिन्छन् । अझ केहीमा ‘कम रेटमा’समेत खुलाइएको छ ।

प्रकाशित समय १६:१२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु