fbpx
corona information

गृहपृष्ठ दक्षिण कोरियाको एक किम्ची कारखानामा कार्यरत नेपाली युवतीमा कोरोना संक्रमण

दक्षिण कोरियाको एक किम्ची कारखानामा कार्यरत नेपाली युवतीमा कोरोना संक्रमण

दक्षिण कोरियाको एक किम्ची कारखानामा कार्यरत नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दक्षिण कोरियाको हानुल फार्ममा २० वर्ष नाघिसकेकी नेपाली महिलामा कोरोना पुष्टि भए त्यहाँको सञ्चार संस्था योन्हाप न्युजले जनाएको छ ।

कारखानामा एक कर्मचारीमा भाइरस संक्रमण भएपछि अहिले त्यो किम्ची कारखाना बन्द गरिएको छ । योन्हाप न्युजका अनुसार कारखानाका १७ जनाको पीसीअर परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।

दक्षिण चंगचोङ्स प्रान्तको एउटा नयाँ कोरोनाभाइरस संक्रमण चेओंग्यांगको किम्ची उत्पादक हानुल नोंगसनमा सामूहिक प्रकोप थियो । चेओयांग बन्दुकका अनुसार हनुल नङ्सग्सनको किम्ची कारखानामा काम गर्ने २० वर्षीया नेपाली महिलाको अघिल्लो दिन कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।

कोरियामा नेपालीमा कोरोना संक्रमण भएको पहिलो घटना हो । एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाली युवतीमा कोरोना संक्रमण पुष्टी भएको हुँदा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीमा थप सचेतना तथा सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’

प्रकाशित समय ०८:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु