fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विधेयक टेबुल

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विधेयक टेबुल

सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘प्रदेश बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ टेबुल गरे । यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ समेत टेबुल गरे ।

बैठकमा प्रदेशसभा विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफलपछि तयार भएको ‘रेडियो, एफएम तथा टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा तयार पारिएको प्रतिवेदन समितिका सभापति नेपालु चौधरीले प्रस्तुत गरे ।

बैठकको विशेष समयमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले समसामयिक विषयमा बोलेका थिए । गएको असार २४ गते चालू आर्थिक वर्षको प्रदेश सरकारको बजेट पारित गरेपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित प्रदेशसभाको बैठक आइतबार लामो समयपछि सुरु भएको हो ।

कोरोना रोकथामका लागि परीक्षणको दायरा बढाउनुपर्ने, रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्नेलगायत माग राखी प्रतिप्रक्षी दलको विरोध र नाराबाजीका बीच गएको असार २४ गते सरकारको चालू आवको बजेट पारित भएको थियो । (रासस)

प्रकाशित समय ०७:४४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु