गृहपृष्ठ नुहाउन गएका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता
नुहाउन गएका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता

सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका- १०, बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर बोहराले बताए ।
बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजी कार्यका लागि दिपायलबाट सई रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेती नदीमा पौडी खेल्ने क्रममा यस आर्थिक वर्षमा मात्रै चार जनाको ज्यान गइसकेको छ ।
प्रकाशित समय १९:३६ बजे