fbpx
corona information

गृहपृष्ठ एक करोडका मूर्ति सात वर्षदेखि बेवारिसे अवस्थामा, महानगरपालिका मौन

एक करोडका मूर्ति सात वर्षदेखि बेवारिसे अवस्थामा, महानगरपालिका मौन

कोमागाने पार्क नै गाईवस्तु चरन क्षेत्र, महानगर भन्छ : संरक्षणमा जुटिरहेकै छौं

पोखरा फेवाताल नजिक रहेको कोमागाने पार्कमा मूर्तिहरु बेवारिसे अवस्थामा देखिएका छन् । करिब सात वर्षअघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरिएका मूर्तिहरु अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

कोही मूर्ति टुटेका छन् त कोही मूर्ति घासँले पुरिएका छन् । विगत ७ वर्ष अगाडि संसारका प्रसिद्ध ढुंगाका मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो । यस पार्कअन्तर्गत नाग, साढें, प्रसव वेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्र योनी, हिमाललगायतका मूर्तिहरु निर्माण गरिएका थिए ।

अहिले यी मूर्तिहरु केबल सेल्फी खिच्ने, गाईवस्तु चरन क्षेत्रमा सिमित भएका छन् । करिब एक करोडको लागतमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषदको समन्वयमा मूर्ति निर्माण भएको थियो । पार्कमा १४ वटा मूर्ति १४ देशका मूर्तिकारद्वारा निर्माण गरिएका थिए । मूर्तिको संरक्षण नहुदाँ कतै इतिहास बनेर बिलयन हुने त होइन् भन्ने संका उब्जन थालेको स्थानीयहरु बताउँछन् ।

यसको संरक्षण स्थानीय सरकार, प्रदेश सरकार, पर्यटन बोर्डको पहलमा संरक्षण हुनुपर्ने पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सूर्य भूजेल बताउँछन् । ‘मूर्तिहरुको वर्तमान अवस्था देख्दा कुन मूर्तिकारको मन नदुख्ला र ? संरक्षण मात्र हुने सकेमा यसले मूर्तिकारहरुको सम्मान त हुन्छ नै समग्र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्छ ।’

उनका अनुसार अहिले ती मूर्तिहरु ‘माल पाहेर चाल पाइएन’ भने जस्तै भएका छन् । भोलिको दिनमा यो इतिहासमा मात्र सिमित हुनसक्ने उनको बुझाई छ । ‘यो लापरबाहीले कुनै निश्चित समाज, समुदायका लागिमात्र नभइ यसको प्रभाव सम्रग पर्यटन क्षेत्रमा पर्नेछ । त्यसैले ढिलै भए पनि हामीसँग रहेका प्रदेश सरकार, महानगरपालिका, पर्यटन बोर्डको पहलमा संरक्षण गरिनुपर्छ ।’

मूर्तिहरु निर्माण गर्ने बेलामा होटेल रेष्टुरेन्ट, ट्राभल एजेन्सीहरुको सहयोगमा निर्माण गरेको पूर्वअध्यक्ष भूजेल बताउँछन् । ‘ऐतिहासिक मूर्तिहरुको संरक्षणको दायित्व इतिहासको लामो कालखण्ड बनाउनुपर्छ भन्ने मान्यता हो, संरक्षण गर्ने जिम्मा पोखरा महानगरपालिकाको हुनुपर्ने हो, तर त्यो हुन सकेन । मौन बसिरह्यो ।’ उनले भने ।

मूर्ति संरक्षणको दायित्व पोखरा महानगरपालिकाको पनि हुनुपर्ने उनले बताए । ‘कला र संस्कृतिले नै देशको पहिचान हुन्छ । आफू पनि नसक्ने अरुले बनाएको संरचनाको संरक्षण गर्न नसक्ने भएको छ हाम्रो महानगरपालिका ।’ उनले भने ।

कोमागाने पार्कमा जानेहरु मूर्तिहरु मिल्काएको देखेर महानगरपालिकाकै आलोचना गर्ने गर्दछन् कोमागाने पार्क पोखरा महानगरको संरक्षणको जिम्मा भएकोले त्यसभित्र रहेका कलात्मक मूर्तिहरुको संरक्षणको लागि महानगर लागि परेको पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले बताए । उनले भने, ‘यस कलालाई जति मानिस समक्ष अवलोकन गर्ने वातावरण निर्माण गर्न सक्यौं ।

भोलिका दिनमा नियमित आम्दानीको रुपमा भई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको विन्दु बन्न सक्दछ, हामीले विदेश गएर बनाएका कला पनि सुरक्षित देख्न चाहन्छौं, त्यसको प्रबन्ध भएको देख्न चाहन्छौं र विदेशी कलाकारमा नेपालमा आएर बनाएका कलाको सुरक्षित गर्ने जिम्मा हाम्रो हो । स्थानीय सरकारको तर्फबाट यो जिम्मेवारी लिन्छौं । हाम्रो त्यसतर्फ ध्यानाकर्षण भएको छ, अब लगतै लाग्ने छौं ।’

विशेषगरी मूर्ति संरक्षणका साथै व्यवस्थापन गरी पार्कमा सरसफाइको लागि तुरुन्तै कर्मचारीहरु खटाउने उनले बताए ।

प्रकाशित समय १३:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु