fbpx
corona information

गृहपृष्ठ उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमणको पुष्टि भएको छ । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ५० वर्षीय एक न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो । उनलाई आइसोलेट गरिएको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र नेपाल बार एसेसिएसनका पदाधिकारी भएको छलफलबाट उच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन १६ गतेदेखि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित काम कारबाहीबाहेकका अन्य कामकारबाही साउन अन्तिमसम्म स्थगन गर्ने निर्णय भएको नेपाल बार एसोसिएसनका जनकपुर अध्यक्ष रामनेक साहले जानकारी दिए ।

न्यायाधीशलाई कोरोनाको संक्रमण पुष्टि भएपछि अदालतको कामकारवाही बन्द गरिदा पुनः न्याय सम्पादनमा असर पर्ने देखिएको छ । निरन्तरको तीन महिनाको बन्दाबन्दीले न्याय सम्पादनले पाउन लागेको गतिमा रोक लाग्ने भएको छ, वर्षौंदेखिको मुद्दाहरु पटक-पटक सुनवाइ भई फैसलाको अन्तिम निर्णय बाँकी रहेका मुद्दाहरुसमेत प्रभावित हुने अधिवक्ता राजकुमार महासेठले बताए ।

प्रकाशित समय १५:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु