fbpx
corona information

गृहपृष्ठ प्रहरीमाथि दुर्व्यवहार गर्ने नौ जना चालक पक्राउ

प्रहरीमाथि दुर्व्यवहार गर्ने नौ जना चालक पक्राउ

pakrau-arrest-newskarobar

हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने सवारी साधनका नौ जना चालक तथा सहचालकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा. १५ च  ६२३ नम्बरको पिकअप गाडीका चालक काठमाडौं महानगरपालिका १३ बस्ने ४२ वर्षीय कर्म थापा, बा. ८ च ४३४ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर नगरपालिका ५ बस्ने ३० वर्षीय उमाशंकर साह, सहचालक सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर, ना. १ ज ८६२३ नम्बरको सुमो गाडीका चालक रौतहट गुजरा नगरपालिका ५ बस्ने २३ वर्षीय महमद सदरे आलम, ना. ४ च ५९४१ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर नगरपालिका ७ बस्ने २१ वर्षीय नितेशकुमार झा छन् । त्यस्तै  प्रदेश ३-०१-००५ ख ९२४५ नम्बरको बसका चालक रौतहट चन्द्रपुर नगरपालिका २ बस्ने ३५ वर्षीय उमेश कुश्वार, ना. ५ ख ३५१५ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका १ बस्ने ४० वर्षीय बिर्खबहादुर यसमाली, ना. ४ च २३४० नम्बरको पिकअप गाडीका चालक बारा पर्सौनी गाउँपालिका २ बस्ने २७ वर्षीय प्रमोद मुखिया र ग. १ ख ९७१७ नम्बरको बसका चालक धनकुटा बेलाहारा नगरपालिका १६ बस्ने ३९ वर्षीय बिनोद नेपाली पक्राउ परेका छन् ।

अति आवश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिकअप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको चेकिङ टोलीले देखेपछि गाडी छोड्न भनी प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहारसमेत गरेपछि ती गाडीका चालक तथा सहचालकलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये थापाले ५ सय, साहले ३ सय, सहचालक किशोरले २ सय, आलमले ५ सय, झाले ५०, कुश्वारले ३ सय, यसमालीले १ सय रुपैयाँ दिन खोजेका र नेपालीले १ हजार रुपैयाँ नगद दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । उनीहरुमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित समय १३:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु