fbpx
corona information

गृहपृष्ठ धनुषामा कोरोनाले एकको मृत्यु, प्रादेशिक अस्पतालको आकस्मिक र आइसियु सेवा सिल

धनुषामा कोरोनाले एकको मृत्यु, प्रादेशिक अस्पतालको आकस्मिक र आइसियु सेवा सिल

धनुषाका ३८ वर्षीय व्यवसायीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएपछि सोमवारदेखि जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित प्रमुख तथा आइसोलेशन संयोजक डा.जामुन सिंहले बताएका छन् ।

समितिको बैठकले नेपाली सेनालाई शव व्यवस्थापनको जिम्मेवारी दिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । शव व्यवस्थापनमा स्काइभेटरको प्रयोग गरिने जनाएको छ । ‘शव व्यवस्थापनपछि पीसीआर टेस्ट नभएसम्म नेपाली सेनालाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिनेछ ।’ उनले भने ।

सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरवरिया यादवका अनुसार मृतकको स्थायी घर कमला नगरपालिकाकाको टेरहामा रहेकाले उनका घरपरिवारका १३ जनालाई होम क्वारेन्टिनमा राखिएको बताए । मृतकले पसल सञ्चालन गर्दै आएका डुमरिया र सँगै रहेका नाथपट्टीलाई शिल गरि टे«सिङ्गको काम भइरहेको सहिदनगर नगरपालिकाका मेयर यादवले बताए ।

मेयर बरवरियाका अनुसार स्वास्थ्यकर्मीहरुको टिमले पहिलो चरणमा डुमरियाचौकका सबै घरपरिवारका एक जना सक्रिय सदस्यहरुको स्वाब संकलन गरि टेष्ट गरिने र आउने रिपोर्टअनुसार थप रणनीति बनाइने तयारी गरिएको बताए । सहिदनगर नगरपालिकामा १९ गते सम्म स्वास्थ्य सेवा र बैंकिङ्ग सेवा सहित अतिआवश्यक बाहेकका सवै सेवा बन्द गर्ने निर्णयसमेत भएको मेयर यादवले बताए ।

धनुषाको कमला नगरपालिकाको टेरहामा स्थायी घर भई सहिदनगर नगरपालिकाको डुमरियामा किराना, हार्डवेयर र खाद्यको पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पुरुषको कोरोना भाइरस कोभिड–१९ को संक्रमणले साउन ११ गते राति मृत्यु भएको थियो ।

साउन १० गते उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई इमरजेन्सी वार्डबाट आइसियू वार्डमा भर्ना गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि चिकित्सक र परिवारका सदस्यहरुको सल्लाहले थप उपचारको लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएपछि बाटोमै मृत्यु भएको बताए ।

प्रकाशित समय ०९:१० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु