fbpx
corona information

गृहपृष्ठ उद्योग वाणिज्य संघ दोलखाको चालू आवको सदस्य नवीकरण शुल्क छुट

उद्योग वाणिज्य संघ दोलखाको चालू आवको सदस्य नवीकरण शुल्क छुट

दोलखा उद्योग वाणिज्य संघले महामारीमा सदस्यलाई अप्ठ्यारो परेको भन्दै आफ्ना सम्पूर्ण सदस्यहरुको चालू आर्थिक वर्षका लागि नवीकरण छुट गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले चैत ११ देखि ४ महिना लामो लकडाउन गर्दा व्यापार व्यवसायसमेत चल्न नसक्दा व्यवसायी अप्ठ्यारोमा परेको भन्दै नवीकरण छुट गरेको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

संघमा ८ सय ४७ सदस्य रहेका छन् । सदस्य नवीकरण वापत संघले हरेक सदस्यसँग वार्षिक रुपमा ५ सय रुपैयाँका दरले लिने गरेको थियो । सबैको छुट वापतको ४ लाख २३ हजार ५ सय बराबरको छुट गरेको उनले बताए । सदस्यहरुको व्यवसायमा असर गरेको भन्दै संघकै पहलमा भीमेश्वर नगरपालिकासँगको समन्वयमा स्थानीय कर ५० प्रतिशत छुटसमेत गराउन सफल भएको उनले बताए ।

संघले व्यवसायीहरुको व्यवसाय पुर्नउत्थानका लागि राहत स्वरुप कस्ता कार्यक्रम ल्याउने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । ‘लकडाउन पूर्ण रुपमा अन्त भइसकेको छैन’ अध्यक्ष श्रेष्ठले भने ‘महामारीले अब लिने रुपमा सरकारले पनि केही स्पष्ट मार्गनिर्देशन ल्याउला त्यसकैका आधारमा हामीले पनि कार्यक्रम तय गर्ने योजनामा छौं ।’

लकडाउनका अवधीमा व्यवसायीहरुलाई ढुवानी सेवा सहज बनाउन संघले निरन्तर पहल गरेकोसमेत उनले बताए । आर्थिक वर्ष समापनपछि समिक्षात्मक रुपमा संघका अध्यक्ष इन्द्र श्रेष्ठ र महासचिव हेमराज रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोलखामा करदाता सेवा कार्यालय नभएको र व्यवसायीलाई कर तिर्न धुलिखेल जानुपर्ने बाध्यता अन्त गर्न करदाता सेवा कार्यालयसमेत दोलखामा खुल्न लागेको जानकारी दिए ।

साना व्यवसायी कर तिर्नका लागि पनि विगतमा भक्तपुर र धुलिखेल धाउँदा अनेक झन्झट व्यहोर्नु पर्दा विगतदेखि नै केही सेवा शुल्क लिएर कर चुक्ता गर्ने र प्रमाण पत्र लिन संघले समन्वय गर्दै आएकोमा अब कर कार्यालय नै आएपछि यो झन्झटबाटको अन्त्य हुने उनले विश्वास लिए ।

संघले निर्वाचन पश्चात सचिवालयको पुनर्निर्माण सम्पन्न गरी भाडामा रहेको संघको सचिवालय आफ्नै भवनमा सारेर सेवा प्रवाह गरिरहेको जनाएको छ । कोभिडका कारण व्यवसायीहरुलाई पर्न गएको वित्तीय संकटको टार्न र पुर्नकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गरी सहज बनाउन पहल गरिएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु