fbpx
corona information

गृहपृष्ठ बझाङ पहिरो : ४ जनाको शव फेला, ३ अझै बेपत्ता

बझाङ पहिरो : ४ जनाको शव फेला, ३ अझै बेपत्ता

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका- ८, मल्लेसीमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ । प्रहरी र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।

गाउँपालिका उपाध्यक्ष निशा धामीले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको जानकारी दिइन् । मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको अझै बेपत्ता छन् ।

उनीहरुको खोजी कार्य जारी राखिएको उपाध्यक्ष धामीले बताइन्। गएराति वर्षासँगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घर बगाएको उनले बताइन् । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाएका थिए ।

प्रकाशित समय १५:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु