fbpx
corona information

गृहपृष्ठ बझाङको मल्लेसीमा पहिरो : १७ घर पुरिए, २५ जनाको ज्यान गएको हुन सक्ने आशंका

बझाङको मल्लेसीमा पहिरो : १७ घर पुरिए, २५ जनाको ज्यान गएको हुन सक्ने आशंका

rasuwa pahiro-newskarobar सांकेतिक तस्बिर

बझाङको केदारस्यु गाउँपालिकाको ८ नं वडा मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् ।
केदारस्यु गाउँपालिका उपाध्यक्ष निशा धामीका अनुसार गएराति करिब १२/१ बजे तिर पहिरो जाँदा १७ घर पुरिएका छन् भने २० देखि २५ जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

न्युज कारोबारसँग उनले भनिन्, ‘यहाँ खासै फोनले पनि काम गर्दैन । हिजो राति घटना भएको रहेछ । मलाई बिहान मात्र त्यो ठाउँबाट खबर आयो । त्यसपछि हामीले तुरुन्तै प्रदेशलाई पनि खबर गरेका छौं ।’

घटनास्थलमा जाँदै गरेको हुँदा एकिन जानकारी नआएको उनले बताइन् । ‘पुरिएका घरहरुमा बस्तुभाउ तथा अन्य क्षति पनि के कति भयो भन्ने बारेमा जानकारी आइसकेको छैन । हामी घटनास्थलमा जाँदै छौं ।’

उनका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु खटिइएका छन् ।

प्रकाशित समय ०८:२७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु