fbpx
corona information

गृहपृष्ठ ड्रोन उडाउने ४ जना पक्राउ

ड्रोन उडाउने ४ जना पक्राउ

फाइल तस्बिर ।

काठमाडौं महानगरपालिका- २ लाजिम्पाटमा विनाअनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका- १० बस्ने ३१ वर्षीय रवि शाक्यसहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मानवरहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालिकम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन विनाअनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु