fbpx
corona information

गृहपृष्ठ हामीलाई बाँच्न देऊ सरकार ! (११ तस्बिरसहित)

हामीलाई बाँच्न देऊ सरकार ! (११ तस्बिरसहित)

लकडाउनका कारण व्यवसाय चौपट हुँदा रोजीरोटीसमेत गुमेको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका छन् । सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन जेठ ३२ पछि खुकुलो बनाए पनि ट्याक्सी सञ्चालनको अवस्था सिर्जना नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

नयाँ बानेश्वरको यातायात व्यवस्था विभागअघि ट्याक्सी व्यवसायी धर्नामा बसेका छन् । बिहान ६ बजेदेखि सरकारी निर्णयको विरोधमा ट्याक्सीसहित सडकमा निस्किएका उनीहरू १० बजेदेखि धर्ना बसेका हुन् । यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहान सडकमा निस्किएका करिब तीन सय ट्याक्सी नियन्त्रणमा लिएको थियो ।

उनीहरूले विभेदकारी नीति अन्त्य गर, स्वास्थ्य मापदण्ड बनाई ट्याक्सी व्यवसाय सञ्चालन गर, रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार, ऋण थपियो सरकार निद्रा लागेन, रोगको त्रास भोकको पीडा, ऋणको तनावबाट ट्याक्सी चालक, स्वरोजगार र व्यवसायीलाई बाँच्न देऊ, बैंक तथा फाइनान्सहरूले गाडी खोस्ने अवस्था आयो सरकार जस्ता नारा लेखेका प्लाकार्ड बोकेका छन् ।

ट्याक्सी चालकहरूको आन्दोलनको नेतृत्व अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले गरेका छन् ।

प्रकाशित समय ११:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु