fbpx
corona information

गृहपृष्ठ बालबालिकालाई शैक्षिक तथा सरसफाई सामाग्री वितरण

बालबालिकालाई शैक्षिक तथा सरसफाई सामाग्री वितरण

सामुदायिक बिकास केन्द्र (सीडीसी)ले डोटी जिल्लाका ६ वटा विद्यालयका ११२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझदारीमा सञ्चालित कोभर परियोजना अन्तर्गत लकडाउनले पठनपाठन अवरुद्य भइरहेका बेला प्रारम्भिक कक्षा १–३ सम्मका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भन्ने हेतूले शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रत्येक बालबालिकालाई ४१० रुपैयाँका दरले करिव ४६ हजार बरावरको सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्रीहरुमा प्रत्येक बालबालिकालाई किताब १ थान (चित्रकला तथा मनोरञ्जनात्मक र जीवनोपयोगी ज्ञान भएको) कापी २ थान, पेन्सिल ३ थान, डटपेन २ थान र इरेजर ५ थान रहेका छन् ।

कोभर परियोजना अन्तर्गत दिपायल सिलगढी नगरपालिका र आदर्श गाँउपालिकाका ७५ जना बालबालिकालाई सरसफाई सामाग्रीसहित वितरण गरिएको छ । सरसफाई सामग्री अन्तर्गत प्रत्येक बालबालिकाहरुलाई नुहाउने साबुन ६ थान, लुगा धुने साबुन ४ थान, तौलया, दाँत माझ्ने ब्रस, दन्तमन्जन, काइयो, साबुन दानी, सामाग्री राख्ने झोला, नेलकटर र जानकारीमुलक पर्चा गरी करिब ७२८ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको सीडीसीका अध्यक्ष हेमराज जोशीले बताए ।

जिल्लाको आर्दश गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका करिब ४२०० बालबालिकाहरुलाई सरसफाई सामाग्री र कक्षा १ देखि ३ सम्म अध्ययनरत करिब १४०० बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित समय ०८:४४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु