fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिम सरकारले पनि तोक्यो सलहको ‘मूल्य’

सुदूरपश्चिम सरकारले पनि तोक्यो सलहको ‘मूल्य’

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक केजी सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो ।

यसअघि केही स्थानीय तह र कुखुरा फर्महरूले पनि सलह किरा ल्याएर नगद दिने घोषणा गरिसकेको छ । कुखुरालाई तयारी दानाभन्दा सलह खुवाउनु पोषिलो हुने फर्म सञ्चालकहरूले बताएका छन् ।

प्रकाशित समय १९:२९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु