fbpx
corona information

गृहपृष्ठ चट्याङ लागेर सप्तरीमा ४ जनाको ज्यान गयो

चट्याङ लागेर सप्तरीमा ४ जनाको ज्यान गयो

chatyang._newskarobar सांकेतिक तस्बिर

सप्तरीमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । बिहीबार छुट्टाछुट्टै ठाउँमा चट्याङ पर्दा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँका अनुसार जिल्लाको महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको ज्यान गएको हो । जसमा ३ जना पुरुष र १ जना महिलाको ज्यान गएको बताइएको छ ।

एसपी प्रसाईंका अनुसार महदेवा गाउँपालिका २ का ६० वर्षीय बृद्ध छेदी ठाकुर र २७ वर्षीय युवक बेचन यादवको मृत्यु भएको छ । त्यस्तै डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेवी यादव र राजगढका ४६ वर्षीय केसीलाल यादवको मृत्यु भएको हो । घरबाहिर भएको बेलामा उनीहरुलाई चट्याङ लागेको उनले बताए ।

त्यस्तै चट्याङबाट घाइते भएकी आशा मण्डलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित समय ११:३३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु