fbpx
corona information

गृहपृष्ठ वडाध्यक्षको निधन

वडाध्यक्षको निधन

पू्र्वी चितवनको राप्ती नगरपालिका- ११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए ।

लामो समयदेखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लोसमय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनका अनुसार तामाङको निधन बुधबार दिउँसो ४ बजे भएको हो ।

उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताए ।

तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिएी ।

प्रकाशित समय १९:२७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु