गृहपृष्ठ आदर्श गाउँपालिकाका २५० परिवारलाई राहत वितरण

आदर्श गाउँपालिकाका २५० परिवारलाई राहत वितरण

डोटीको आदर्श गाउँपालिकाका २५० परिवारलाई सामुदायिक विकास केन्द्र (सीडीसी) नामक गैरसरकारी संस्थाले राहत सामाग्री वितरण गरेको छ ।

सीडीसी र वर्ल्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित नेपाल कोभर परियोजनाअन्तर्गत डोटी जिल्लाको आदर्श गाउँपालिकाका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

मंगलबार आदर्श गाउँपालिका २ र ४ का १२२ विपन्न परिवारलाई, बुधबार आदर्श ५ का ४८ र वडा नं ७ का ३९ परिवार गरी ८७ जनालाई राहत सामाग्री वितरण गरिएको सीडीसीका अध्यक्ष हेमराज जोशीले बताए । उनका अनुसार राहत सामाग्री अन्तर्गत ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ लिटर तेल, २ केजी नुन र ४ वटा नुहाउने साबुन वितरण गरिएको छ ।

गाउँपालिकासँगको समन्वयमा वडा कार्यालयको सिफारिसअनुसार विपन्न परिवार छनौट गरेर राहत वितरण गरिएको उनले बताए । उनले भने, ‘कोरोनाको विषम अवस्थामा परिवार चलाउन नसक्ने एकल महिला, दलित विपन्न र अपांगता भएका परिवारलाई मापदण्डअनुसार खाद्य सामाग्री वितरण हौं ।’

बिहीबार बाँकी आदर्श गाउँपालिका ३ का ४१ परिवारलाई राहत सामाग्री वितरण गर्ने जाेशीले बताए । ‘कोरोनाको विषम परिस्थितिलाई न्यूनीकरण गर्न अबको एक हप्ताभित्रै वितरण ४२ सय जनालाई सरसफाई समाग्री पनि वितरण गर्ने भएका छौं ।’ उनले भने ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु