गृहपृष्ठ प्यूठान कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

प्यूठान कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सांकेतिक तस्बिर

प्यूठान कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागार भवनमा २५ कैदीबन्दी अटाउने क्षमता भए पनि हाल ५३ पुरुष र सात महिला गरी कुल ६० जना कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ ।

कैदी बन्दीको संख्या बढ्दै गए पनि सोहीअनुसार कारागारको व्यवस्थापन हुनसकेको नसकेको कारागार प्रमुख सूर्यबहादुर पन्तले बताए । राणाकालमा घोडा राख्ने तबेलाको ठाउँलाई कारागारका रूपमा प्रयोजनमा ल्याइए पनि अहिलेसम्म आवश्यक सुधार हुन सकेको छैन । बन्दाबन्दीका अवधिमा तीन कैदी जबर्जस्तीकरणी उद्योगमा थपिएको र एक रिहा भएको कार्यालय प्रमुख पन्तले बताए ।

भौतिक पूर्वाधारको अभावमा कैदीबन्दी राख्न समस्या परेको उनले बताए । कारागार व्यवस्थापनका लागि शौचालय, प्रहरी व्यारेकसहित दुई कोठाको नयाँ भवन निर्माण हुँदैछ । कैदीबन्दीको समस्यालाई ध्यानमा राख्दै कारागारको अवस्थाबारे पटक–पटक माग गरेर पठाएपछि नयाँ भवनका लागि बजेट आएपश्चात भवन निर्माणको काम सुरु भएको हो ।

८५ लाख रुपैयाँको बजेटमा भवन निर्माणको काम भइरहेको कार्यालय प्रमुख पन्तले बताए । त्यस्तै कार्यालयको नयाँ भवन निर्माणका लागि मल्लरानी गाउँपालिका वडा नं ४ बुढाचौरमा १० रोपनी जग्गा उपलब्ध भएको छ ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु