fbpx
corona information

गृहपृष्ठ उच्चस्तरीय समितिले बनाएको कार्ययोजनाअनुसार लकडाउनको मोडालिटी परिवर्तन हुने

उच्चस्तरीय समितिले बनाएको कार्ययोजनाअनुसार लकडाउनको मोडालिटी परिवर्तन हुने

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्काे बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल मात्रै भएको छ । अबेरसम्म छलफल भए पनि बैठकले ठोस निर्णय भने गरेको छैन ।

कोभिड- १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले मापदण्ड तयार गरेपछि मात्र लकडाउनको मोडालिटी परिवर्तन गर्ने बैठकले निर्णय गरेको छ । समितिले के, कसरी र कुन तरिकाले लकडाउन खुकुलो बनाउने भन्नेबारे कार्ययोजना बनाउने सोही आधारमा आगामी मन्त्रिपरिषद बैठकले थप निर्णय गर्ने तय भएको एक मन्त्रीले बताए ।

कोरोना संक्रमण देखिएपछि यसको नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता लकडाउनको म्याद पटक-पटक थप हुँदै आएको छ । पछिल्लोपटक आगामी जेठ ३२ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको छ ।

लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत नकारात्मक असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सरकारमाथि चौतर्फी दबाव  छ । व्यापारीहरूले समेत लकडाउनको अवज्ञा गर्दै पसल खोल्न थालिसकेका छन् ।

लकडाउनको मोडालिटी परिवर्तनबारे बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरु र सरोकारवालाहरूसँग ५ घण्टा छलफल गरेका थिए । छलफलमा सहभागीहरूले लकडाउनका विभिन्न स्वरूपबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रकाशित समय २१:४४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु