fbpx
corona information

गृहपृष्ठ १३ वर्षीया किशोरीमा डेंगु संक्रमण, संक्रमितको संख्या १० पुग्यो

१३ वर्षीया किशोरीमा डेंगु संक्रमण, संक्रमितको संख्या १० पुग्यो

dengu-newskarobar

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेंगु संक्रमितको संख्या पनि बढ्दै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाकी १३ वर्षीया बालिकामा शनिबार डेंगु संक्रमण देखिएको हो । योसँगै डेंगु संक्रमितको संख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।

बरंजाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । संक्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए । वर्षातको समय सुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ । (रासस)

प्रकाशित समय ०७:५० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु