fbpx
corona information

गृहपृष्ठ भूमि अतिक्रमण रोक्न नेपाल‑भारत सीमा क्षेत्रमा सशस्त्रका ३९ बिओपी थपिने

भूमि अतिक्रमण रोक्न नेपाल‑भारत सीमा क्षेत्रमा सशस्त्रका ३९ बिओपी थपिने

फाइल तस्बिर । छाङरुको बिओपी ।

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ३९ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै बिओपीका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

हाल नेपाल‑भारत सीमा सीमा क्षेत्रमा १२० वटा बिओपी छन् । लकडाउनका कारण निगरानी बढाउन अस्थायी पोस्ट थपेर हाल ९२५ बनाइएको छ ।

प्रकाशित समय १८:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु