fbpx
corona information

गृहपृष्ठ सामाजिक सुरक्षा ऐन संशोधन प्रक्रिया अघि बढ्यो

सामाजिक सुरक्षा ऐन संशोधन प्रक्रिया अघि बढ्यो

Disability फाइल तस्बिर

गृह मन्त्रालयले सामाजिक सुरक्षा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । सामाजिक सुरक्षा ऐनमा रहेको प्रावधानका कारण हालसम्म पाइआएको अतिअशक्त अपांग भत्ता र एकल महिला भत्ता वितरणमा केही व्यक्ति छुट्न जाने अवस्था सिर्जना भएको जनाउँदै मन्त्रालयले हाललाई साविकझैँ भत्ता वितरणलाई निरन्तरता दिने र ऐन संशोधन प्रक्रिया दुबै अघि बढाएको जनाएको हो ।

सामाजिक सुरक्षाको क्षेत्र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमातहत रहेका बखत २०७५ असोज २ गते संसदबाट पारित भएको सामाजिक सुरक्षा ऐनमा त्यससम्बन्धी नियमावली नबनुन्जेल साविकबमोजिम पाइआएको भत्ता पाउन कुनै बाधा नपर्ने उल्लेख थियो । तर, चैत ३ गते नियमावली राजपत्रमा प्रकाशित भएपछि ऐनमा रहेका केही प्रावधानका कारण यसअघि अति अशक्त अपांग भत्ता र एकल महिला भत्ता पाउँदै आएका केही व्यक्ति छुट्ने अवस्था आएकोमा संशोधन प्रक्रिया अघि बढेको हो ।

मन्त्रालयले कोरोना संक्रमणको यो जटिल अपस्थामा खाइपाई आएको भत्ता रोक्न नहुने ठहर गर्दै समस्याको गाँठो फुकाउन पहल गरेको जनाएको छ । संसदले ऐन पारित गर्दा नै त्यस विषयमा ध्यान नदिएको मन्त्रालयको प्रस्टोक्ति छ ।

यो पनि पढ्नुहोस्

सरकारले काट्यो अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता

प्रकाशित समय १९:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु