fbpx
corona information

गृहपृष्ठ जनकपुरको जानकी वाटिकाबाट पाँच जुवाडे २ लाख रुपैयाँसहित पक्राउ

जनकपुरको जानकी वाटिकाबाट पाँच जुवाडे २ लाख रुपैयाँसहित पक्राउ

जनकपुरधाम ९ पिडारीचौकस्थित जानकी वाटिका गेस्ट हाउसमा तास खेल्दै गरेको अवस्थामा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जानकी वाटिकाभित्र लकडाउनको समयमा तास जुवा खेल्दै गरेको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षकको कमान्डमा गएको टोलीले दुई लाख सात हजार ५८५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिथिला बिहारी नगरपालिका ७ बस्ने ५६ वर्षीय किशोरी साह, जनकपुर उपमहानगरपालिका ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडा नम्बर १३ बस्ने ३५ वर्षीय मो. सतकिङ राइन, वडा नम्बर १३ कै ४७ वर्षीय जसिन कवाडी र सोही वडाका ३४ वर्षीय रमेश साहु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १८:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु