fbpx
corona information

गृहपृष्ठ कोरोना संक्रमितलाई डब्लुएचओको मापदण्डविपरीत विद्यालयमा राखेकोप्रति आपत्ति

कोरोना संक्रमितलाई डब्लुएचओको मापदण्डविपरीत विद्यालयमा राखेकोप्रति आपत्ति

कोरोना संक्रमित बिरामीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डविपरीत विद्यालयमा राखेकोमा दैलेखको आठबिस नगरपालिकाकी उपप्रमुखले आपत्ति जनाएकी छन् ।

उपचार गर्ने भन्दै लगिएको कोरोना संक्रमितलाई तोकिएको अस्पतालमा नलगी विद्यालयमै राखेकोमा नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले विज्ञप्तिमार्फत आपत्ति जनाएकी हुन् ।

कर्णाली प्रदेश अस्प्ताल कालागाउँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पताललाई कोरोना उपचारका लागि प्रयोग गर्ने भनिए पनि संघीय तथा प्रदेश सरकारले आठबिस नगरपालिकाको कोरोना संक्रमितलाई विद्यालयमा राख्नु आपत्तिजनक भएको उपप्रमुख बोहोराद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित बिरामीलाई नारायण नगरपालिका- ८ को सरस्वती माध्यमिक विद्यालयमा राखिएको छ ।

नगर उपप्रमुख बोहोराद्वारा जारी विज्ञप्ति ।

प्रकाशित समय १८:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु