fbpx
corona information

गृहपृष्ठ अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता कटौतीप्रति कांग्रेस संसदीय दलको ध्यानाकर्षण

अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता कटौतीप्रति कांग्रेस संसदीय दलको ध्यानाकर्षण

सरकारले कटौती गरेको अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ताप्रति कांग्रेस संसदीय दलले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख सचेतक बालकृष्ण खाडले अति अशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णयप्रति दु:ख व्यक्त गर्दै अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेको छ ।

सचेतक खाणद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित रहनुपर्ने छैन भन्ने प्रावधानअनुसार दिँइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानुन र नियम विपरित नदिने निर्णयप्रति हाम्रो गम्भीर आपत्ति व्यक्त गर्दछौं ।’

कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य  भएको भन्दै सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न मा गरेको विज्ञप्तिमा जनाएको छ  ।

यो पनि पढ्नुहोस्

सरकारले काट्यो अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता

प्रकाशित समय ०९:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु