fbpx
corona information

गृहपृष्ठ तत्कालीन सशस्त्र भूमिगत समूहका कार्यकर्ता पक्राउ

तत्कालीन सशस्त्र भूमिगत समूहका कार्यकर्ता पक्राउ

२०६२/०६३ को मधेस आन्दोलनपछि तराई क्षेत्रमा सक्रिय नेपाल सरकारद्वारा प्रतिवन्धित सशस्त्र भूमिगत समूह मधेसी राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो समूहका सदस्य रहेका कमला नगरपालिका- ७, सिग्याही मडानका ‘चाणक्य’ भनिने विजय यादवलाई मंगलबार पक्राउ गरिएको प्रदेश २ प्रहरी प्रमुख प्रद्युन्न कार्कीले जानकारी दिए । पक्राउ परेका यादव २०७३ फागुनमा सिरहाको कल्याणपुर नगरपालिका- ८ अरंग (साविक मझौलिया गाविस- ५) बस्ने लालु खानलाई गोली प्रहार गरी उनको मोटरसाइकलसमेत खोसेर लगेको घटनामा संलग्न रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

घरमै लुकेको विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर उमेशमान अमात्यको टोलीले यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहालाई जेठ ६ गते साँझ नै जिम्मा लगाइएको डीआइजी कार्कीले जानकारी दिए । यादवविरुद्ध विभिन्न प्रहरी कार्यालयमा दर्ता भएका हत्या, अपहरण, शरीरबन्धक, चन्दा असुली, चोरी लगायतका मुद्दाहरुमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय २१:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु