गृहपृष्ठ १ सय केजी चरेससहित २ जना पक्राउ

१ सय केजी चरेससहित २ जना पक्राउ

गजुरी गाउँपालिका- ५, दरिङगल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करिब १ सय केजीसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका- ८, बिरहखर्क बस्ने ३७ वर्षीय टेक बहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय बिशाल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा. ९७ प ४९९९ र प्रदेश नं. ३-०२-००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूउपर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे  छ ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु