गृहपृष्ठ लिपुलेक सडक सम्बन्धमा सरकारले भारतीय राजदूतसमक्ष आफ्नो धारणा राख्यो

लिपुलेक सडक सम्बन्धमा सरकारले भारतीय राजदूतसमक्ष आफ्नो धारणा राख्यो

भारतले नेपाली भूमि लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण गरेको विषयमा सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासमक्ष आफ्नो धारणा राखेको छ ।

नेपाली भूमि अतिक्रमणको विषयमा संसददेखि सडकसम्म चर्को विरोध भइरहेका बेला सरकारले चासो देखाएको हो । स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीले सोमबार बिहान राजदूत क्वात्रालाई मन्त्रालयल बोलाएर छलफल गरेका हुन् ।

छलफलका क्रमममा मन्त्री ज्ञवालीले आफूहरुलाई कुनै पनि जानकारी नदिई भारतले एकतर्फी लिपुलेकमा सडक निर्माण गरेको र त्यस्तो गतिविधि बन्द गर्न क्वात्रामार्फत भारतलाई नेपालका तर्फबाट कुटनीतिक ‘नोट’ दिइएको बताइएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माण गरी केही दिनअघि उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु