fbpx
corona information

गृहपृष्ठ काठमाडौं हिँडेका ११ जना पाकिस्तानीलाई सिन्धुलीबाट फर्काइयो

काठमाडौं हिँडेका ११ जना पाकिस्तानीलाई सिन्धुलीबाट फर्काइयो

बीपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका ११ जना पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको छ । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई काभ्रेको सीमावर्ती नेपालथोकबाट प्रहरीले फर्काएको हो ।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पीसीआर लगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा. ४ ख ५०६४ नम्बरको माइक्रोबसलाई आज काठमाडौँ जान दिइएको थियो ।

सशस्त्र प्रहरीका डीएसपी गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए । उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए । डीएसपी भट्टराईका अनुसार उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौँ हिँडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बीपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ । सुनसरीबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तस्बिरहरू : अनिल भण्डारी (सिन्धुली)को फेसबुकबाट ।

प्रकाशित समय २०:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु