fbpx
corona information

गृहपृष्ठ मुख्यमन्त्रीलाई पत्र : भारतमा अलपत्र परेका नेपालीलाई छिटो उद्धार गरियोस्

मुख्यमन्त्रीलाई पत्र : भारतमा अलपत्र परेका नेपालीलाई छिटो उद्धार गरियोस्

कोरोना भाइरसका कारण भारतमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न स्थानीयले माग गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट तपराज ओझाले पत्र लेख्दै भारतमा अलपत्र अवस्थामा रहेका नेपालीलाई उद्धार वा राहतको व्यवस्था गर्न माग गरेका छन् ।

उनले पत्र लेख्दै भनेका छन्, ‘कोरोनाको विषम परिस्थितिमा भारतमा फसेकाहरुको आवाज कुनै निकायले सुनेका छैनन् । उहाँहरुले सामाजिक सञ्जालमार्फत अनुनयविनय गरिरहेका छन् । चाँडै नै उनीहरुको उद्धार गरियोस् ।’

यस्तो छ ओझाले मुख्यमन्त्रीलाई लेखेको पत्र

मुख्यमन्त्री त्रिलोचन भट्टज्यू ।
नमस्कार !

विश्वभर कोरोनाभाइरस महामारीले मानवजातिलाई आतंकित बनाएको कुरा सर्वबिदितै छ । जसले सम्पूर्ण विश्वको जनजीवन असहज भएको छ । त्यसमा पनि जनजीविकाको सवालमा प्रत्यक्ष असर मजदुरहरुमा बढी परेको छ ।

नेपालबाट भारतमा मजदुरी तथा अन्य कामको सिलसिलामा जानेको संख्या अधिक छ त्यसमा पनि सुदूरपश्चिम प्रदेशबाट भारतमा मजदुरी गर्न जानेको संख्या अरु प्रदेशको तुलनामा निकै धेरै छ ।
कोरोना नियन्त्रण गर्नका लागि भारत र नेपालमा लकडाउन भएको करिब ४० दिन पुग्यो र अझै कति दिन हुन्छ थाहा छैन जसले गर्दा जीबन झनै कष्ठकर भएको छ ।

भारतमा भएका नेपाली मजदुरहरुले काम गरेर खाने अवस्था छैन, काममा जान नपाएको ४० दिन भइसक्यो । भारत सरकारले नेपाली नागरिकलाई कामबाट निकालिएका छन् । कोही कामको लागि लकडाउन हुनुभन्दा ८/१० अगाडिबाटै अलपत्र परेका छन् । कतिपय औषधी गर्न गएर उतै फसेका छन् । कोही भोकभोकै बसेको समाचार आउछ ।

परिवार एकातिर छन् आफू एकातिर छन्, घरको चिन्ता उत्तिकै छ, सीमा नाका बन्द छ, अर्काको देशमा न त सरकारले हेर्छ भन्ने आस छ न त अधिकार दाबी गर्ने ठाउँ नै छ । आफ्नो पीडा सामाजिक सञ्जालमा पोखि राखेका छन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो बारेमा केही चिन्ता गर्छ की भनेर बाटो हेर्दै बसेका छन् ।

आफ्नो देशको नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको जिम्मेवारी र कर्तव्य हो, भारतमा संक्रमितको संख्या बढ्दै गएकोले भारतमा रहेका नेपालीहरु असुरक्षित र त्रसित छन् भन्ने कुरा प्रष्ट छ ।

यस्तो विषम परिस्थितिमा कुनै पनि तहको सरकारले भारतमा मजदुरी गर्ने नेपालीहरुको उद्धार तथा राहतको लागि केही पहल गरेको तथा प्रक्रिया थालनी गरेको समाचार सुन्नमा आएन तसर्थ सम्पूर्ण भारतमा बस्ने नेपाली दाजुभाईको समस्या र पीडालाई महसुस गर्दै नेपाल सरकारमार्फत् भारत सरकारसँग समन्वय गरी सम्भव भएसम्म नेपालमा ल्याई क्वारेन्टीनमा राखेर घर फर्कने व्यवस्था गर्न र त्यो सम्भव नभए जो जहाँ छन् त्यही उचित राहतको व्यवस्था गरिदिन हुन जोडदार माग गर्दछु ।

(तपराज ओझा/डोटी)

प्रकाशित समय ११:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु