गृहपृष्ठ आज अक्षय तृतीया, लगन र योगका हिसाबले वर्षभरिमै उत्तम

आज अक्षय तृतीया, लगन र योगका हिसाबले वर्षभरिमै उत्तम

आज अध्यक्ष तृतीया । लगन र योगका हिसाबले आजको दिन वर्षभरिमै उत्तम मानिन्छ । अक्षयको अर्थ क्षय गर्न नसकिने वा विध्वंश गर्न नसकिने भएकाले आजका दिन गरिएका कामहरु सफल हुने धर्मवेत्ताहरू बताउँछन् ।

अक्षय तृतीयाका दिन वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरालगायतका विभिन्न उपयोगी कुरा दिने चलन छ । आज जौको सातु, सर्वत खुवाउने तथा जुत्ताचप्पल, छाता दान गरे पुण्य मिल्ने धार्मिक शास्त्रहरूमा उल्लेख छ ।

सातु यात्राका क्रममा बोक्न सजिलो, चना, जौलगायतका गेडागुडी मिसाएर बनाएको हुनाले शक्तिदायक र सहजै पच्ने खानेकुरा हो । चढ्दो ग्रीष्मकालमा शीतलता प्रदान गर्ने भएकाले जौको सातु खाने गरिन्छ ।

आजकै तिथिबाट औपचारिक रुपमा सत्य युगको सुरुवात भएको मानिन्छ । त्यस्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायुग सुरु भएको हो । वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तानलगायतका एसियाली देशमा अक्षय तृतीया मनाउने चलन छ ।

त्यस्तै आजकै दिन महादेव र हिमालय पुत्री पार्वतीबीच विवाह भएको धर्मशास्त्रमा उल्लेख छ । महाभारत पनि आजकै दिनदेखि वेदव्यासले लेख्न थालेको मानिन्छ ।

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु