fbpx
corona information

गृहपृष्ठ ‘नक्कली बिरामी बनाई यात्रु बोक्ने’ एम्बुलेन्स चालक पक्राउ

‘नक्कली बिरामी बनाई यात्रु बोक्ने’ एम्बुलेन्स चालक पक्राउ

मन्थली नगरपालिका- ६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका- ६, फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १७:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु