गृहपृष्ठ युवा क्लवद्वारा कामनपा ९ का मजदुरलाई खाना वितरण

युवा क्लवद्वारा कामनपा ९ का मजदुरलाई खाना वितरण

लकडाउनको बेलामा दैनिक ज्यालादारी गर्ने मजुरलाई विभिन्न युवा क्लवको समन्वयमा खाना वितरण गरिएको छ ।

काठमाडौं महानगरपालिका ९ को समन्वयमा स्थानीय सुभारम्भ युवा क्लब, आव्हान युवा सञ्जाल, बिजय चोक युवा क्लब, युथ फर ह्मुमन राइट्स तथा संस्कार प्रतिष्ठान लगायतका युवाहरुले खाना वितरण गरेका छन् ।

आज पाचौं दिन पनि खाना पनि वितरण गरिएको युवा क्लवले जनाएको छ। पुरानो बानेश्वर भीमसेनगोला, बिजयचोक, कमलनेत्र स्कुल चोकबाट खानाबिहिन तथा डिउटीमा रहेका सुरक्षाकर्मीलाई खाना वितरण गरिदै आएको छ ।

खानाका निमित्त विभिन्न समुदाय र व्यक्तिगत सहयोगमा यो कार्य हुँदै आएको छ ।तोकिएको स्थानबाट सुरक्षित वातावरण र सचेतना सहितको खाना वितरणमा २५ भन्दा बढी स्वयंसेवक परिचालनमा छन् । आज बिहान विभिन्न स्थानमा तिनै स्वयंसेवकहरुले किटनाशक औषधीलेसमेत छर्ने काम गरे ।

खाना खुवाउने कार्यलाई लकडाउन अबधिभर सञ्चालन गर्ने लक्ष्य सम्बन्धित संस्थाहरुले राखेका छन् । आज १७५ जनाले बेलुकीको भोजन लिए ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु