fbpx
corona information

गृहपृष्ठ वडा कार्यालयमा विपन्नको विचल्ली

वडा कार्यालयमा विपन्नको विचल्ली

Wada8_NewsKarobar

सरकारले श्रमिक र अन्य विपन्न वर्गका लागि स्थानीय तहमार्फत राहत दिने हचुवाका भरमा घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा राहत लिन विपन्नको भीड लाग्न थालेको छ ।

विपन्न र श्रमिक वर्गले आफ्नो नागरिता प्रमाणपत्रको फोटोकपी र घरबेटीको नागरिकताको फोटोकपी राखेर नाम, थर विवरणसहितको फाराम भरेर बुझाएपछि राहत दिइन्छ ।

सरकारले राहत दिने भनेपछि काठमाडौंको पशुपति क्षेत्रको जयबागेश्वरीस्थित ८ नं वडा कार्यालयमा मंगलबार बिहानैदेखि २०० जनाजति असहाय, विपन्न र श्रमिकहरूको भीड लागेको छ ।

‘वडा कार्यालयमा राहत लिन २०० जनाजतिको भीड लागे पनि हामीले आज बाँड्ने भनेको हिजो फारम बुझाइसकेका २५ जनालाई मात्र हो, अरुलाई हामी बाहिर निकाल्छौं,’ काठमाडौं महानगरपालिका वडा नं ८ का अध्यक्ष दिनेशकुमार डंगोलले भने ।

उनका अनुसार एक परिवारलाई एक सातालाई पुग्ने गरि ५ किलो चामल, दाल, आलु, प्याज, तेलसहितको राहत बाँडिने छ ।

‘हामीसँग वडामा राहत बाँड्नु पर्ने श्रमिक वा असहाय परिवारबारेको तथ्यांक छैन, अब हामी लगत बनाउँदै छौं, त्यसपछि राहत कति बाँड्नु पर्ने हो भन्ने थाह हुन्छ,’ उनले भने ।

वडा कार्यालयमा राहत पाइन्छ भनेर गएका पशुपतिमा आश्रित वृद्धवृद्धाहरूले कुनै राहत नपाइ चर्को घाममा बस्नु परेको गुनासो गरे ।

प्रकाशित समय १२:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु