fbpx
corona information

गृहपृष्ठ राहत वितरणका लागि काठमाडौं महानगरपालिकाले बनायो मापदण्ड

राहत वितरणका लागि काठमाडौं महानगरपालिकाले बनायो मापदण्ड

bidhya sundar sakya newskarobar तस्बिर : रासस

काठमाडौं महानगरपालिकाले नोवेल कोरोनाभाइरस (कोभिड‑१९) संक्रमण रोक्न सरकारले लगाएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरणका लागि मापदण्ड बनाएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले राहत वितरण मापदण्ड‑२०७६ पारित गरेको हो ।

कोरोनाभाइरस संक्रमण फैलिन नदिन र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको, मानिसलाई घरबाहिर निस्कन रोक लगाएकोलगायतका कारण महानगपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्ति पहिचान गरी तत्काल राहत उपलब्ध गराउन मापदण्ड बनाइएको प्रमुख शाक्यले जानकारी दिएका छन् । मापदण्डअनुसार असहायमा अभिभावक नभएका, आयस्रोत नभएका, अरुको सहयोग एवं सहारामा बस्ने जस्तैः अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा र मस्जिदमा आश्रित व्यक्तिलाई राखिएको छ ।

त्यस्तै अतिविपन्नमा आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवार पर्नेछन् भने संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा ज्याला मजदुरी गर्दै आएका, भरियालगायतलाई उल्लेख गरिएको छ ।

बैठकले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिको विवरण संकलन पनि तत्कालै सुरुवात गर्ने निर्णय गरेको छ । विवरण संकलनका लागि एकै प्रकारको फाराम ३२ वटै वडालाई वितरण गरेको महानगरले जनाएको छ ।

प्रकाशित समय २०:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु