गृहपृष्ठ विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ८०० पुग्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ८०० पुग्यो

विश्वभर नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार ८४१ पुगेको छ । दिनभरमै करिब १५ सय जनाले ज्यान गुमाएका छन् । बिहानसम्ममा २७ हजार ३५२ ज्यान गएको थियो ।

शनिबार रातिसम्ममा ६ लाख २३ हजार २९६ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ३७ हजार ३९३ जना सफल उपचारपछि घर फर्किएका छन् । अमेरिकामा सबैभन्दा धेरै १ लाख ६ हजार २५८ संक्रमित फेलापरेकोमा १७ सय ५१ जनाको मृत्यु भएको छ । त्यहाँ २४ सय ९४ जना गम्भीर छन् । त्यस्तै इटालीमा सबैभन्दा धेरै ९ हजार १३४ जनाको मृत्यु भएको छ । त्यहाँ ३७ सय ३२ जना गम्भीर छन् ।

नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय २२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु