fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ एकै परिवारका ४ जना क्वारेन्टाइनबाट भागे

एकै परिवारका ४ जना क्वारेन्टाइनबाट भागे

बैतडीको अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएकामध्ये ४ जना बिहीबार भागेका छन् । भारतको बैंगलोरबाट आएका ८ जनालाई गाउँपालिकाको वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा राखिएको थियो ।

भागेकाहरुा एउटै परिवारका भएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिंह मन्यालले जानकारी दिए । कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा उनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरु भाग्न सफल भएको अध्यक्ष मन्यालको भनाइ छ ।

उनीहरुलाई परामर्श दिई अहिले गाउँपालिकाको वडा नम्बर ५, रेलामा रहेको क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिका अध्यक्ष मन्यालका वडाध्यक्षले उनीहरुको निगरानी गरिरहेका छन् ।

प्रकाशित समय १८:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु