fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ बेलायतमा कोरोना भाइरसका कारण अर्को एक नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरसका कारण अर्को एक नेपालीको मृत्यु

तीन दिनअघि लण्डनमा निधन भएका ४० वर्षीय प्रशान्त अर्यालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अर्यालको उपचार गरेको अस्पतालले उनको निधनको ७२ घन्टापछि संक्रमणको पुष्टि गरेको हो ।

शनिबार बिहान अचानक अस्वस्थ भएका उनलाई स्थानीय क्विन एलिजावेथ अस्पताल पुर्‍याइएको  थियो । उपचारकै क्रममा उनको सोमबार निधन भएको थियो । लण्डनको साउथ इस्ट क्षेत्रमा बस्ने ४० वर्षीय अर्याल चितवन, बसेनीका हुन् ।

यसअघि लण्डनकै नर्थ ह्यारोमा बसोवास गर्दै आएका संखुवासभाका ६५ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको पनि कोरोना भाइरसकै कारण निधन भएको थियो ।

प्रकाशित समय १६:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु