fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ विदेशबाट फर्किएकाहरूलाई सम्पर्कमा आउन आग्रह

विदेशबाट फर्किएकाहरूलाई सम्पर्कमा आउन आग्रह

यहाँका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिको सूची संकलन गर्दै नजिकको स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह गरेको छ । साथै जिल्ला अस्पतालले पनि कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले विदेशबाट फर्केका सबैले अस्पतालमा सम्पर्क गरी एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहले विदेशबाट फर्केकाको पहिचान गरी अनिवार्य रुपमा अस्पतालको सम्पर्कमा पठाउन वडा अध्यक्षलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले फलेबाससहित कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा विदेशबाट आएकाको पहिचान गरिरहेको जनाएको छ । सबै स्थानीय तहका वडाध्यक्षलाई परिचालन गरि विवरण संकलन गर्ने काम भइहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । फोन नम्बर सहितको विवरण संकलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उनले बताइन् । (रासस)

प्रकाशित समय १३:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु