fbpx
corona information

गृहपृष्ठ राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरे ।

पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको एक लाख ३५ हजार ४४१ रुपैयाँमा प्रवक्ता शर्माले १० हजार रुपैयाँ थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । ‘कोरोना संक्रमणबाट लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

केन्द्रका प्रमुख पुनले कोरोना संक्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिए । सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित समय ०७:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु