fbpx
corona information

गृहपृष्ठ तीन एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

तीन एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर प्रसाद ज्ञवालीले   तीनै जना  एआइजीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरे ।

मन्त्रीपरिषदको २०७६ चैत ९ गतेको निर्णयअनुसार उनीहरु डीआइजीबाट एआइजी पदमा पदोन्नति भएका थिए । आइजीपी ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए ।

प्रहरी अधिकृतहरुको मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदरस्वरुप पदोन्नति भएको चर्चा गर्दै आइजीपी ज्ञवालीले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकाले यसमा थप सीपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावि रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न उनले प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । ‘एउटै नेपाल प्रहरी संगठनको रुपमा रहेको संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु छ ।तर चुनौतीबीच अवसर खोजेर संगठनको श्रीवृद्धितर्फ लाग्नु सबै प्रहरी अधिकृतहरुको दायित्व हो,’ उनले भने ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशिलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रुपमा स्वीकार गर्नुपर्ने उनले उल्लेख गरे ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी एआइजी  लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङकनस्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए ।

गौरवमय इतिहास बोकेको प्रहरी संगठनको श्रीवृद्धिको लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आपसी एकता र भातृत्वभाव, व्यावसायिक निष्ठा र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्ने बताए ।

प्रकाशित समय १८:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु