fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ भिडियो कन्फ्रेन्सबाट प्रवासी नेपालीको अवस्था बुझ्दै परराष्ट्रमन्त्री ज्ञवाली

भिडियो कन्फ्रेन्सबाट प्रवासी नेपालीको अवस्था बुझ्दै परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेका बेला मन्त्री ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाका नेपाली नियोग प्रमुखहरूसँग त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका हुन् ।

भिडियो कन्फ्रेन्सबाट उनले कोभिड १० संक्रमणको  स्थिति, ती मुलुकमा रहेका नेपालीको अवस्था, कोरोना संक्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर र त्यसबाट नेपालीको रोजगारीमा पर्नसक्ने प्रभाव जस्ता विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भिडियो कन्फ्रेन्समा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको पनि उपस्थिति थियो ।

भिडियो कन्फ्रेन्समा नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको संक्रमणको अवस्था, त्यहाँको सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्‍याइरहेका नियमित र आकस्मिक सेवालगायतका विषयहरूमा जानकारी गराएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमबारे उनीहरूलाई जानकारी गराएका थिए । उनले नियोग प्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका संक्रमणसम्बन्धी नियमित रूपमा प्रतिवेदन बनाउन तथा नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनीहरुको तलब तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न निर्देशन दिएका छन् । नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्नेबारे सुसूचित गराउन तथा नेपाली समुदाय र दूतावास परिवारसमेत संक्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न उनले निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै श्रममन्त्री यादवले अहिलेको संवेदनशील र अफ्ठ्यारो परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले नेपाली दूतावासप्रति ठूलो भरोसा राखेका हुँदा स्थानीय सरकार एवं रोजगारदातासँग समन्वय गरेर परिआउने समस्या र चुनौतीको सामना गर्न आग्रह गरेका छन् ।

प्रकाशित समय १६:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु