fbpx
corona information

गृहपृष्ठ आइसोलेसनमा भर्ना भएका ३० वर्षीय युवकको मृत्यु, नमूना परीक्षणको रिपोर्ट आउन बाँकी

आइसोलेसनमा भर्ना भएका ३० वर्षीय युवकको मृत्यु, नमूना परीक्षणको रिपोर्ट आउन बाँकी

चितवनकाे भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका एक युवकको मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान मृत्यु भएको हो ।

उनलाई कोरोनाको संक्रमण भए-नभएको पुष्टि भने भएको छैन । उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसकाे स‌क्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । ती युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट समेत पीडित रहेको बताइएको छ ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मृत्यु भएका युवकको नमूना परीक्षणको रिपोर्ट प्राप्त भइनसकेको बताए ।

प्रकाशित समय १२:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु